यसअघिको ४० प्रतिशतको व्यवस्था हटाएर सरकारले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमै पनि २० प्रतिशत पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो। सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी फुटेका छन्।
राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अब मंगलबार नै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको नेताहरु बताउँछन्। प्रधानमन्त्री नियुक्त भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भएको छ।