पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा गठीत ४२औँ विश्व पर्यटन दिवस मूल समारोह समितिले पनि भौतिक रुपमै कार्यक्रम आयोजना गर्दैछ । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि रक्तादान कार्यक्रम आयोजना गरेको छ ।
उता, पर्यटकीय नगरी पोखरामा नेपालस्थित ११ देशका राजदूत भेला भएका छन् । गण्डकी प्रदेश सरकारको निमन्त्रणमा हिजो विभिन्न ११ देशका राजदूत, कूटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत २५ जना पोखरा पुगेका हुन ।