चीनले क्रिप्टाेकरेन्सीलाई अवैध घाेषित गर्‍याे

पिपल्स बैंक अफ चाइनले भनेकाे छ, भर्चुअल मुद्रासँग जाेडिएकाे काराेबार गतिविधि अवैध वित्तीय गतिविधि हाे । याे मानिसकाे सम्पत्तिकाे सुरक्षाका लागि गम्भीर खतरा हाे ।

चीन विश्वकाे सबैभन्दा ठूलाे क्रिप्टाेकरेन्सीकाे बजारमध्ये एक हाे ।

चीनमा क्रिप्टाेकरेन्सीमा आउने उतारचढावले प्राय क्रिप्टाेकरेन्सीकाे विश्वव्यापी मूल्यलाई प्रभावित गर्ने गरेकाे छ ।

चीनकाे याे घाेषणापछि बिटक्वाइनकाे मूल्य दुई हजार डलरभन्दा धेरैले घटेकाे छ ।

क्रिप्टाेकरेन्सीकाे व्यापार सन् २०१९ देखि चीनमा आधिकारिक रूपमा प्रतिबन्ध गरिएकाे छ तर अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ ।