पटेर्वा सुगौली गाउँपालिका को भथौडा टोलमा जनता समाजवादी पार्टी नेपाल नेपालको संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीकाका गाउँपालिका अध्यक्ष रामधेनि यादबको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि माननीय संसद हरिनारायण रौनियार पार्टी लाई अझै सस्क्त बनाउन गाउँ गाउँ संगठन बिस्तार गर्ने तथा हामी र हाम्रो प्रदेश न २ ले गरेको कामहरु जनताको माझ लैजाने कुरामा जोड गर्नु भयो ।
पार्टी भित्र रहेका राम्रो कुराहरुलाई जनतालाई बुझाउन को लागि यो कार्यक्रम भैरहेको छ पार्टी लाई अझै बलीयो रुपमा अगाडि बढ्न को लागि सुदृढीकरण गर्ने समेत जरुरी रहेको अवधारणा माननीय संसद हरिनारायण रौनियार भने बिशिष्ट अतिथि पृर्ब मन्त्री मोहनलाल चौधरी, अतिथि केन्द्रीय सदस्य फिरोज मंसुर , जिल्ला अध्यक्ष रामनरेश यादब, केपस शलाउदिन अहमद, जिल्ला सचिव तबरेज अहमद, मौलाना नुरुलहोदा , शिक्षक फोरम अध्यक्ष हरेन्द्र चौरासीया, लगायतका सहभागीता रहेको थियो कार्यक्रम को सहजिकरण प्रदेश सदस्य दिपक यादब ले गरेका थिए। सो कुरा जिल्ला सचीव तबरेज अहमदले जानकारी गराए!