बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा अन्य तीन जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली छन्।
उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले बताए।