पर्सा -बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जलेश्वर नगरपालिका–९ का २४ वर्षका आकाश झालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोप पीडित पक्षले लगाएको छ ।
पीडित पक्षको उजुरीको आधारमा झालाई उनको घर नजिकैबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले बताए । पक्राउ परेका झाविरुद्व अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।